एसियन ब्याट्रीकाे डिलर मिट एवं एसियन कम्पनीका रिक्सा लन्च भएको छ ।


जनकपुर, २६ मङ्सिर, २०७८ । धनुषाको जनकपुरधाममा एसियन ब्याट्रीकाे डिलर मिट एवं एसियन कम्पनीका रिक्सा लन्च भएको छ । एसियन ब्याट्रीले आयाेजना गरेको कार्यक्रममा धनुषाकाे सय जना बिक्रेताहरुले प्रशिक्षण पनि पाएका छन् ।

एसियन ब्याट्रीका निर्देशक सुरेश लाेहनीले याे ब्याट्री नेपालमै उत्पादन भई रहेकाे जानकारी दिएका छन् ।

यो ब्याट्री रिक्सा, घर, कार्यालय, कारखाना र अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिने उनले दाबी गरेका छन् । उत्कृष्ट प्रविधिद्वारा ब्याट्री बनेकाे उनले जानकारी गराए । 

कम्पनीका मैनेजर मनाेज कुमार श्रेष्ठका अनुसार यसमा प्रयोग भएको पेन्टा एल्वोइले ब्याट्रीमा लाग्ने खिया कम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउने बताए । जसले गर्दा यो ब्याट्री अन्य ब्याट्रीहरुको तुलनामा बढी समयसम्म टिक्ने गर्दछ ।

यो ब्याट्रीमा प्रयोग भएको विशेष पेस्टले गर्दा ब्याट्री टिक्ने अवधि बढाउने मात्र नभइ छिटो चार्ज पनि हुने कम्पनीले जनाएको छ ।

सामान्यतया अटोमोटिभ ब्याट्रीहरु ३ महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ तर यो ब्याट्री ६ महिनासम्म पनि प्रयोग नगरिकन राख्दा डिस्चार्ज नहुने श्रेष्ठले बताए ।

त्यसपछिको समयमा यदि ब्याट्री डिस्चार्ज भइहाले पनि यो ब्याट्री अन्य ब्राण्डको तुलनामा छिटो चार्ज हुने उनकाे भनाई छ ।

साे कार्यक्रम साे कार्यक्रममा (एस आर ) इन्टरनेसनल प्रबन्ध निर्देशक एवम् एसियन,ब्याट्रीका डिलर करण पजियारले यस ब्याट्रीकाे बजारमा धेरै डिमाणड रहेको बताए । ब्याट्रीमा कुनै समस्या अाएमा १२ घण्टा भित्र सरभिस गरिने जनाए ।

यो ब्याट्रीको राम्रो विशेषता भनेको वेट सेल्फ लाइफ हो । यो वेट सेल्फलाइफ बढी हुने भएकोले छिटो डिस्चार्ज नहुने कम्पनीको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button