सुनको मूल्य थिर

काठमाडौँ । सोमबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ८९ हजारमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार पनि छापावाला सुन तोलाको ८९ हजामा नै कारोबार भएको थियो ।
त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।
त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।