फागुन २३ गते संसद बैठक बोलाउन सिफारिश


काठमाडौं, १४ फागुन । सरकारले फागुन २३ गते संसद बैठक बोलाउन गरी सिफारिश गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक २३ गते बोलाउने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको ११ फागुनको फैसलासँगै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी भएको थियो । त्यसको कार्यान्वयनका लागि सरकारले संसद बैठक बोलाउन सिफारिश गरेको हो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button