बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्र को निर्देशन


नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा (बादल) लगायत मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।

पेरिसडाँडामा बिहान बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री भएका सबैलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । माओवादी धारका गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

मन्त्री बनेकासहित माओवादी धारका २३ जनालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाउनुभएको छ । यस्तै बैठकले भोलि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पर्सि २ गतेका लागि बोलाइएको राष्ट्रियभेला भने अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button