ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्ने दुई डाक्टर निलम्बित


मकवानपुर  – हेटौँडा अस्पतालका दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका छन् ।

ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्दै आएका र बिरामीलाई औषधी खरिद गर्न निजी मेडिकल तोकेर पठाउने दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका हुन् ।

अस्पतालमा करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौन रोग विशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई सेवाबाट हटाइएको हो ।

पटक-पटक सचेत गराउँदा पनि अटेर गरेपछि बाध्य भएर सेवाबाट हटाइएको अस्पताल प्रशासनले  जनाएको छ । अस्पताल प्रशासनले काममा सुधार गर्न दिएको चेतावनी दुवै जना डाक्टरले बेवास्ता गर्दै आएपछि कारबाही गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button