अध्यक्ष ओलीलाई नेता नेपालको यस्तो छ १३ बुँदे जवाफ


काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले पार्टीले सोधेको स्पष्टीकरणको ८ पृष्ठ लामो जवाफ दिएका छन् ।  नेता नेपालले बुझाएको स्पष्टीकरणमा सर्वोच्चको फैसला विपरित फागुन २८ मा बैठक राखेर पार्टी विभाजनको दुराशय राखेको आरोप लगाइएको छ ।

नेता नेपालले बुझाएको स्पष्टीकरणको बुँदा नम्बर १२ मा लेखिएको छ,‘पार्टीप्रति नै जनताको विश्वास समाप्त हुनेगरी तपाईले प्रतिनिधि सभा विघटनको निर्णय गर्नुभएपछि मात्र त्यसलाई रोक्न सकिन्छ कि भनेर प्रतिनिधि सभाका सदस्यहरुले संसद सचिवालयमा अविश्वासको प्रस्ताव पेश गरेको यथार्थलाई बंग्याउने र त्यसमा प्रतिनिधि सभाका सदस्यहरुको हस्ताक्षरलाई फर्जी’ भन्ने तपाईको दुराग्रह मात्र हो भन्ने कुरा नबुझिने कुरा छ र ? लोकतन्त्र, कानूनी शासन र पार्टीको मर्यादाका लागि उभिनेहरुलाई तपाईको तर्फबाट सत्ताको दुरुपयोग गर्दै दिइएको धाक–धम्की र प्रलोभनको तथ्य अरुतिर औंलो तेस्र्याउँदा छोप्न सकिन्छ र ?’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button