काठमाडौंमा आँखा पोल्ने वायु प्रदूषण


काठमाडौँ संसारकै सबैभन्दा बढी वायु प्रदूषण भएको शहर भएको छ। प्रदूषणका कारण शुक्रबार अपराह्न काठमाडौँको मौसम एकाएक परिवर्तन भएको छ

प्रदूषण मापन गर्ने एनुएल क्वालिटी एसुरेन्स रिपोर्ट (एक्युएआर) का अनुसार शुक्रबार अपराह्न काठमाडौं संसारकै प्रदूषित शहरमा परेको हो। काठमाडौंको एक्युआई (एअर क्वालिटी इन्डेक्स) १९३ पुगेको एक्युएआरले जनाएको छ। ललितपुरको भैंसेपाटीको एक्युआई ४४३, कीर्तिपुरको १९३ र रत्नपार्कको १७९ छ।

 वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बन्द भएको छ। शुक्रबार दिउँसो २ बजेदेखि भिजिबिलिटी नभएर जहाज उडान र अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए। थप सामग्री

देशका विभन्न भागमा डढेलो लागेको र ठूलो हावा नचलेका कारण वायु प्रदूषण भएको विज्ञहरू बताउँछन्। जलवायु विश्लेषक ङमिन्द्र दाहालले ठूलो हावा चले वा पानी परेपछि मात्रै मौसम सफा हुने बताए।थप सामग्री


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button