त्रिभुवन विमानस्थलको आकाश खुल्यो, अब जहाज अवतरण गर्नसक्ने


काठमाडौँ: प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ ।

मौसम खराबीले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएकामा केही बेरदेखि उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा अहिले यान्त्रिक पद्धत्ति (आइएफआर)बाट उडान सुरु भएको जानकारी दिए ।

“बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भयो, अहिले उडान गर्न चाहने वायुयानलाई आइएफआर उडान खुला गरिएको छ”, उनले भने ।विमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिक तर्फ आठ जहाज अन्यन्त्र मोडिएका छन् । अन्तर्राष्ट्रियतर्फ एक जहाज भारतको दिल्ली मोडिएको गरिएको महाप्रबन्धक तिवारीले बताए ।

उनका अनुसार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको जहाज अवतरण भएको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ ।

विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै शुक्रबार नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button