सर्वोच्चको फैसला पुनरावलोकनका लागि प्रचण्डले दिए निवेदन

दाबीसहित १० वटाभन्दा बढी नजिर पेस गरेका छन्।


काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नाम विवादमा सर्वोच्च अदालतबाट भएको फैसला उल्ट्याउनुपर्ने दाबीसहित १० वटाभन्दा बढी नजिर पेस गरेका छन्।

फागुन २३ गते सर्वोच्चबाट भएको फैसला सच्याउनुपर्ने मागसहित मंगलबार दर्ता गरेको पुनरावलोकन निवेदनमा प्रचण्डले ती नजिर प्रस्तुत गरेका हुन्।उनले भर्खरै मात्र संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना गरेको फैसलादेखि मनमोहन अधिकारीले गरेको संसद् विघटन उल्ट्याउने निर्णयसम्मलाई नजिरको रूपमा पेस गरेका छन्।

सर्वोच्च अदालतबाट सयौँ मुद्दामा नजिर सिद्धान्त प्रतिपादन गरिसकेको दाबी पुनरावेदनमा गरिएको छ।

प्रचण्डले सर्वोच्चको फैसला उल्टनुपर्ने १५ वटा आधारसमेत पेस गरेका छन्। विभिन्‍न समयमा भएका फैसला र ऋषि कट्टेलको मुद्दामा दिइएका आधारहरू खण्डन गर्दै पुनरावलोकनको निर्णय हुनुपर्ने उनको दाबी छ।

निदेवनमा नेकपाको बहुमत सदस्य एकताको पक्षमा रहेकोदेखि नेकपा कसैको ट्रेर्डमार्क नभएको दाबी गरिएको छ। ‘नेपाल कम्युनिस्ट पार्टी भन्‍ने नाम व्यापारिक ट्रेडमार्क जस्तो दर्ता गर्नेको एकलौटी हुने होइन,’ पुनरावलोकन निवेदनमा भनिएको छ, ‘यस्तो साझा नामबाट निवेदकहरूलाई वञ्‍चित गरेकोले आदेश न्यायको रोहमा कायम रहन नसक्ने भएकोले पुनरावलोकन गरी हेरी बदर गर्न अनिवार्य छ।

’यी हुन् प्रचण्डले पेस गरेका नजिर१) भुपालसिंह प्रधानविरुद्ध उपेन्द्रनाथ चटोपाध्याय ने.का.प. २०३०, नि.नं. ७२१।२) गोपी सा-तेलीसमेत विरुद्ध सु भुपालसिंह प्रधान, (ने.का.प. विशेषांक २०४०, वि.नि.नं. १७)३) कृष्णप्रसाद श्रेष्ठसमेत विरुद्ध सर्वज्ञमुनी बज्राचार्य (ने.का.प.२०४३, नि.नं. २९००) ४) गोविन्द पौडेलविरुद्ध परशुराम भट्टराई (ने.का.प. २०४५, नि.नं. ३५८७, समेत) ५) भोजराज घिमिरेविरुद्ध रामप्रसाद नायक (ने.का.प.२०६८, अंक १ नि.नं. ८५३३)६) सुरजु अहिरविरुद्ध बृजलाल अहिरसमेत (ने.का.प. २०५०, नि.नं.४७९६) ७) हरिप्रसाद नेपालसमेत विरुद्ध सम्माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइराला (ने.का.प.स्वर्ण शुभजन्मोत्सव विशेषांक २०५२, पृ.८८) ८) रविराज भण्डारीविरुद्ध सम्माननीय प्रधानमन्त्री श्री मनमोहन अधिकारी (ने.का.प स्वर्ण शुभजन्मोत्सव विशेषांक २०५२ पृ. १, प्रकरण ८६ मा) ९) लेकाकान्त भटृराईविरुद्ध भु.सू.का.रूपन्देही (ने.का.प.२०३३ अंक १ नि.नं.९६१) १०) सुती भूमिहारानीविरुद्ध भु.सू.का. महोत्तरीका भु.सू.अधिकारी पदमबहादुर कार्कीसमेत (ने.का.प.२०३२ अंक १ नि.नं.९१०)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button