‘जो भेट्यो उसैलाई लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो भनिरहेका छन्’


प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरुलाई सफल हुन नदिने बताएका छन् । नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरु सलबललाई रहेको बताएका हुन् । 

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दै उनले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवालाई युद्धमा लगाउनेहरु नै अहिले लोकतन्त्र र अग्रगामी कदमविरुद्ध लागेको आरोप लगाए । ओलीले दाहालमाथि झण्डै दुई तिहाईको पार्टी फुटाएर वर्तमान सरकार ढाल्नका लागि अरुसँग बिन्ति गर्दै हिडेको हिँडेको आरोप पनि लगाए ।

‘एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाई मन्त्री, प्रधानमन्त्री भईदेउन हौ । शेर बहादुर जीलाई भेट्यो । दाई प्रधानमन्त्री भईदिनुपर्‍यो । महन्थ जीलाई भेट्यो ए दाई प्रधानमन्त्री भइदिनु पर्‍यो। किन भन्दा कम्युनिष्ट सरकार ढाल्नु पर्‍यो क्या । त्यसकारण शेरबहादुर भईदिनुपर्यो । यो देशलाई अगाडि बढाउन शेर बहादुर जी प्रधानमन्त्री बन्दिनुपर्यो । कम्युनिष्ट आन्दोलनलाई बचाउनका लागि । कम्युनिष्ट आन्दोलनको एकता बचाउन । यस्ता नक्कलि कुरा गर्ने तत्वहरु अहिले पनि छन् । सलबलाई रहेका छन् ।’ 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button