कोरोना संक्रमणबाट २७ जनाको मृत्यु
२४ घण्टाभित्र ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको हो ।
उनका अनुसार २४ घण्टाभित्र ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए ।