राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज


काठमाडौं, बैशाख २४ । आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो । उम्मेदवारले अहिले विहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन् ।

उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँनेछ । माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उठाउने भएका छन् ।

एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button