लमजुङमा आज विहान गएको भूकम्पमा चारजना घाइते भएका छन् ।


लमजुङमा आज विहान गएको भूकम्पमा चारजना घाइते भएका छन् ।

घाइते हुनेमा बेसीसहर ११ की ८३ वर्षकी खगकुमारी पाण्डे, बेसीसहर ६ की ३६ वर्षीया उमा गुरुङ, मस्याङ्दी ६ का २२ वर्षका गोविन्द अधिकारी र बेसीसहर ८ की २९ वर्षकी खसीमाया रहेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए ।

घाइते चारै जनाको उपचार भइरहेको छ । अन्य के–कति घाइते हुनुभयो हामी बुझिरहेका छौं । म स्वयं फिल्डमा छु,” प्रजिअ लुइँटेलले बाह्रखरीसँग भने, “करिब १० वटा घरमा क्षति पुगेको छ । बाँकी विवरण आउँने क्रम जारी छ ।

लमजुङ भुलभुले केन्द्र बनाएर बिहान ८ः४२ मा ५.८ रेक्टरस्केल र ८ः२६ मा ५ः३ रेक्टरस्केलको भूकम्प गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button