मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।
बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।आजै अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण सार्वजनिक गर्ने तयारी छ ।बजेट अपराह्न ४ बज सार्वजनिक गर्ने तयारी छ ।
प्रतिनिधि सभा विघटन भएपनि सरकारले अध्यादेशमार्फत जेठ १५ गते नै बजेट ल्याउन लागेको हो । आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।