सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

अब ज्येष्ठ नागरिक भत्ता मासिक रु चार हजार हुनेछ


काठमाडौं । सरकारले वृद्ध भत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गर्ने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुरक्षा भत्ता ३३ वृद्धिको घोषणा गर्नुभएको हो ।

हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ । अब ज्येष्ठ नागरिक भत्ता मासिक रु चार हजार हुनेछ । वाम गठबन्धनले गत चुनावी घोषणा पत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button