काठमाडौं उपत्यकाभित्र निजी सवारी चल्न दिने निर्णय

८ असारबाट लागू हुने गरी निजी सवारी साधन चल्न दिने निर्णय गरेको हो


काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र निजी सवारी चल्न दिने निर्णय गरेको छ ।

८ असारबाट लागू हुने गरी निजी सवारी साधन चल्न दिने निर्णय गरेको हो । तर, निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ ।काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी निषेधाज्ञा खुकुलो पार्ने निर्णयसँगै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले मङ्गलबारबाट निजी सवारी साधान जोर बिजोर सञ्चालन दिने निर्णय भएको जानकारी दिए ।सार्वजनिक सवारी साधन भने अझै सञ्चालनमा आउने छैनन् । एक हप्ताको अवस्था हेरेर कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी सार्वजनिक सवारी साधन आधा सिटमा चलाउन दिने तयारी समेत भएको बुझिएको छ ।

१६ वैशाखबाट जारी निषेधाज्ञा दुई महिना हुन लागेको छ । असारबाट भने केही खुकुलो पारिएको छ । असारभित्र निषेधाज्ञा हटाउने तयारी समेत भएको बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button