एमाले कार्यदलको बैठक शुरु

काठमाडौं । एमाले कार्यदलको बैठक पुनः शुरु भएको छ । कार्यदलका सदस्यहरुले यही बैठकबाट सहमति जुट्न सक्ने दाबी गरेका छन् । आजै बिहान मात्रै पनि बसेको बैठकले ‘साँझ पुनः बसेर सहमतिको बिन्दुमा पुग्ने’ भन्दै उठेका कार्यदलका सदस्यहरु पुनः सिंहदरबारमा जुटेका हुन् ।
संस्थापन पक्षबाट गठित वार्ता टोलीका संयोजक सुवासचन्द्र नेम्वाङ्गले मकालुखबरसँग भने— ‘बिहानसम्मको वार्ताले सहमति नजिक ल्याएको छ । अब यो बैठकबाट एउटा निष्कर्षमा पुग्छौँ ।’
गत सोमबारदेखि लगातार वार्तामा रहेका सदस्यहरुको पहलमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमालेको नेतृत्व गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको थियो । बुधबार होटल मेरियटमा भएको भेटवार्तामा कुनै सहमति भने जुरेन ।