खोप अभियान : सार्क राष्ट्रमा नेपालको अवस्था सन्तोषजनक


काठमाडौं । कोरोना महामारी प्रभावित देशमा कोरोनाविरुद्ध खोप अभियान जारी रहेकै बेला सार्क राष्ट्रभित्र खोप लगाउने सूचीमा नेपालको अवस्था सन्तोषजनक पाइएको छ । सार्क राष्ट्रमा औसत ९.४५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांकअनुसार १३ लाख ६६ हजार ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने योजना बनाएको छ । हालसम्म नेपालभर ६ दशमलव २७ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

कोरोना खोप रेकर्ड राख्दै आएको आवर वल्र्ड इन डाटाका अनुसार सार्क राष्ट्रअन्तर्गत माल्दिभ्समा ६ साउनसम्म औसत ४८ दशमलव १५ प्रतिशत, श्रीलंकामा ८ दशमलव ११ प्रतिशत, भारतमा ६ दशमलव ६० प्रतिशत, पाकिस्तानमा ६ साउनसम्म ३ दशमलव ११ प्रतिशत, बंगलादेशमा ७ साउनसम्म २ दशमलव ६० प्रतिशतले पूर्ण खोप लगाएका छन् ।


अफगानिस्तानमा २७ असारसम्म औसतमा शून्य दशमलव ५६ प्रतिशत र भुटानमा २८ असारसम्म शून्य दशमलव २० प्रतिशत नागरिकले पूर्ण खोप लगाएको आवर वल्र्ड इन डाटाको पछिल्लो तथ्यांकमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button