कांग्रेस उपसभापति निधिले पनि खोले सम्पर्क कार्यालय


नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेका छन् ।

आज शुक्रबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालय खोलेका हुन् ।

उनले पानसमा बत्ती बालेर र वरपिपलमा सिञ्चन गरेर कार्यालयको उद्घाटन गरे ।

पार्टीको १४औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिका दाबेदार मानिएका निधिले आफ्नोतर्फबाट तयारी सुरु गरेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सभापतिमा दाबेदारी नगर्न र आफूलाई सहयोग गर्न आग्रह गर्दै आए पनि निधिले सभापतिमा उम्मेदवारी दिने पक्का भएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button