भोली पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ धनुषाको डुमरिया आउँदै


भोली पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ धनुषाको डुमरिया आउँदै ।

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री नारायणकाजी श्रेष्ठ भोली सोमबार धनुषा आउने भएको छ ।

पूर्वी धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियाचोकमा सोमबार शहिद सूर्यनाथ रान यादवको ३६ औँ स्मृति दिवसको अवसरमा डुमरिया आउन लागेको शहिदनगर नगरपालिकाका मेयर एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) ले जानकारी दिए

किसानको हक अधिकारको लागि लडदा लडदै शहादत दिएका शहिद सूर्यनाथ रान यादवको ३६ औँ स्मृति दिवसमा आयोजना गरिएको स्मृतिसभालाई सम्बोधन गर्नको लागि सोमबार डुमरिया आउने भएको छ ।

धनुषाको पूर्वी बेल्टका किसान तथा बुढापाखाहरुको लागि आदर्श मानिएको शहिद सूर्यनाथ रान यादवको स्मृति सभाको लागि प्रत्येक वर्ष माओवादीका दिग्गज नेताहरु आउने गरेका छन् ।

यस बर्ष माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ आउन लागेका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ बिहान करिब १२ बजे जनकपुर आईपुग्ने तथा त्यहाँबाट डुमरिया चोकमा आयोजना गरिने स्मृतिसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।

नेता श्रेष्ठ दिउँसो १ बजे स्मृतिसभालाई प्रत्यक्ष रुपमा सम्बोधन गर्ने मेयर बरबरियाले जानकारी दिए ।

प्रजातन्त्रको लडाईमा वीरगति प्राप्त गरेका शहिद सूर्यनाथ रान यादवको डुमरिया स्थितको शालिकमा माल्यार्पण गरी स्मृतिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button