जनकपुरमा टिपरको ठक्करबाट १ जनाको मृत्यू


जनकपुरधाम स्थित ट्रिपरले मोसा (मोटर साईकल) लाई ठक्कर दिएपछि एक जनाको मृत्यू भएको छ ।

आईतबार अपरान्ह करिब ४ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ पिडारीचोक स्थित जनकपुरबाट महेन्द्रनगर ढल्केवरतर्फ जाँदै गरेको ना ७ ख ४७४७ नम्बरको ट्रिपरले अझै नम्बर नखुलेको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ढल्केवरतर्फबाट आउँदै गरेको मोटरसाईकलमा सवार दासलाई ढल्केवरतर्फ जाँदै गरेको ट्रिपरले ठक्कर दिएपछि दास गम्भिर घाईते भएका थिए । उनको तत्कालै उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा लगिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा दासको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सोही क्रममा आक्रोसित स्थानीयवासीहरुले भने ट्रिपरमा आगजनी गरिदिएको छ ।

ट्रिपरको ठक्करबाट मोटरसाईकल चालक दासको ज्यान गएको भन्दै आक्रोसित स्थानीयवासीहरुले ट्रिपरमा आगो लगाउँदा ९० प्रतिशत बढी भाग जलेर ध्वस्त भएको छ । प्रहरीका अनुसार, आगजनीपछि ट्रिपरको तीनवटा पाँग्रा र बोगी जलेको छ ।

यता, ट्रिपर चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलिया बस्ने चालक विपिन कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसको बारेमा थप अनुसन्धान अगाडी बढाएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button