प्रतिक्रियावादीहरु देखि सावधान


उदय कुमार वरबरिया यादव , ने क पा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य , शहिद्नगर नगरपालिका नगर प्रमुख

गत वर्ष हठात रुपमा केपी शर्मा ओलीले नेपाली जनताले दिएका अपार बहुमतको अनादर गर्दै प्रतिनिधीसभा बिघटन गर्नुभयो ।

नेपालको राजनितिक इतिहासमै कम्यिुनिस्ट पार्टीले पहिलो पटक दुई तीहाईको नजिक पुगेको थियो । ओलीजी ले चाहेको भए नेपालमा बामपंथलाई स्थापित गर्न मज्जाले सक्नु हुन्थ्यो । नेपाली जनतालाई समृद्धिको सपना देखाएर कुठाराघात गर्ने ओलीजी ले समग्र बामपंथी शक्तिलाई लज्जाबोधको अवस्थामा ल्याएर छाडिदिनुभयो ।

नेपालको संबिधान जारी भए पश्चात उक्त संबिधानको कार्यान्वयण गर्नको निमित्त नेपाली राजनीतिलाई एउटा नयाँ दिशा दिएर इतिहास रचन् सफल कामरेड पुष्प कमल दहाल प्रचण्ड ले नेपालमा खखिडत रहेर बसेको बामपंथी राजनीतिक शक्तिहरुलाई एकठाउँमा उभ्याउनु भयो ।

प्रचण्ड लगायत अन्य मुर्धण्य नेताज्यूहरुको पहलकदमी पनि यतिकै सार्थक थियो । कम्यिुनिस्ट शक्ति एक भई चुनावमा जाने हो भने यसले देशको नेतृत्व गर्नसक्छ भने उदेश्य थियो । र २०७…. को चुनावमा एमाले र माओवाी एकढिक्का भई स्थाई सरकारको नारा दिएर चुनाव जित्दा आम नेपाली जनताले नेपाल कम्यिुनिस्ट पार्टी नेकपा लाई झण्डै दुई तिहाईको सरकार बनाउन आफ्नो अमुल्य मत दियो ।

एकिकृत भएका दुबैदलका अग्रज नेताहरुको सहमतीमा केपी शर्मा ओली लाई प्रधानमन्त्र बनाउन निशर्त सहयोग गर्यो, भयो पनि । सायद बहुमत नपचेर होला, ओली अलोकतन्त्रीक हुँदै जानुभयो । उहाँका वरीपरी दलाल पुँजीपतिहरुले घेरा लगाउन सुरु गरे । संघिया सहितको संबिधानलाई कायान्वयण गर्न बनाइएको संबिधानको मर्म बिपरीत ओलीजी ले संघीयतालाई कमजोर पार्ने हरेक सम्भव प्रयाश गर्दै गएँका थिए ।

प्रदेशहरुलाई संघको फगत एकाई भनेर हेप्न थाले । प्रदेशहरुलाई चलायमान बनाउन र संघीयता स्थापित गर्न चाहिने आवश्यक कानून निर्माणमा ढिलाई गरी संघीयता कार्यान्वयणमा बाधा पुर्याउँदै गए ।

ओलीका अलोकतान्त्रीक व्यवहारहरुको बिरोध पार्टीभित्र हुनलाग्दा उहाँले आफ्नै पार्टी भित्रबाट इतर बीचार राख्ने जोकोहीलाई पनि शत्रुतापूर्वक व्यवहार गर्न थाले । ओली प्रधानमन्त्री रहेको बेला देशमा भ्रष्टाचार लगायत अन्य अपराधका घटनाहरुको संख्या बढ्न थाल्यो । पार्टीभित्र कामरेड प्रचण्ड, माधव नेपाल जस्ता अग्रनी नेताज्युहरुले केपी लाई जवाफदेही बनाउन पार्टी भित्र आवाज उठाउँदा ओली तानाशाही भएर प्रस्तुत हुनथाले ।

ओलीको तानाशाही प्रवृति तब मात्र आमजनमा उजागर भयो जतिबेला उनले जनताको अभिमतमा आधारित सार्वभौम संसदलाई निर्ममतापूर्व बिघटन गरे । संबिधानको मर्ममाथि कुठाराघात गरेका केपी ओली लाई सर्वोच अदालतले झापडरुपी संसद पूर्णस्थापना गरिदियो ।

जालझेल र ‘सेटिङ्ग’को आधारमा देश र पार्टी चलाउने महत्वकांक्षा पालेका ओलीका कारण आवश्यकताको आधारमा एकिकृत बामपंथी शक्ति भत्ताभुंग भयो । आम नेपाली ले देशमा कम्यिुनिस्ट शक्तिलाई सत्तामा पुर्याएर देशमा स्थिर सरकार खोजेको सपनामाथि कुठाराघात गरिदीएको छ ।न्यालयले प्रतिगमनशिरोमणी ओली लाई प्रधानमन्त्री पदबाट रोक लगाए पश्चात अहिले देशमा ओली प्रबृति बिरुद्ध लडेका शक्तिहरु अर्थात गठबंधनको सरकार छ ।

तर प्रतिपक्षमा रहेका नेकपा एमाले अर्थात केपी ओली ले कसरी संसद चल्नमा बाधा सृजना गर्न सकिन्छ त्यसको लागि लागि परेका छन् ।कस्तो बिडम्बनापूर्ण अवस्था छ ।

नेपाली जनताले यहाँका कम्यिुनिस्टहरु एकजुट भएर चुनावमा होमिँदा नेपाली जनता ठूलो संख्यामा बैचारिक हिसाबले कम्यिुनीस्ट छन् । र त पछिल्लो निर्वाचनमा झण्डै दुई तीहाई बहुमत दिएर कम्यिुनिस्टको बलियो सरकार बनाइ एतिहासिक भूमिका खेल्ने मौका दिनुभयो ।

हामी कुनैपनि दल वा बिचार लाई एकछिन आफ्नो मानसपटलबाट टाँढा राखेर सोँचौत ! के केपी ओलीमा अहंकार र फाँसीवादी प्रबृति हाबी नभएको भए आम जनताको बहुमुल्य मतको अपमान हुन्थ्यो ? पार्टीको बीचार र बामएकतालाई लात मारेर संसद बिघटन नगरेको भए नेपालमा कम्यिुनिस्ट शक्तिलाई कसले तितरबितर गर्न सक्थ्यो र ? नेपाली जनताले केपीको यथार्थ चरित्र देखि सकेको अवस्थामा पनि नैतिकताको के आधारमा कम्यिुनिजम को माला जपीरहेका छन् ?कामरेड प्रचण्डले घोर दक्षिणपन्थी एमाले लाई सुधार गर्दै एकढिक्का बनाइ अगाडी बढ्ने हो भने नेपालमा फेरी बामपन्थीको सरकारले आम नेपाली जनतालाई सेवा प्रदान गर्न सकिन्छ भने अभिप्रायले कडा मिहनेत गर्नु भएको थियो । तर एमालेमा ओली प्रबृतिले उग्रदक्षिणपन्थीको जडा उखेल्न मानेन् ।

नेपालको सन्दर्भमा, नेपाल कम्यिुनिस्ट पार्टीको स्थापना सन् १९४९ मा भयो थियो । सन् १९५१ मा उक्त पार्टीको प्रथम महाधिवेशन ले जनवादी क्रान्तिको लाइन पारित गरेको थियो । तर दोस्रो र तेस्रो महाधिवेशनले संशोधनवादी लाई समाते पछि पार्टी बिभिन्न गुटमा बिभाजित भएको थियो ।

बिस्तारै उक्त पार्टीले महाकाली संधी जस्था कैयन राष्ट्रघाती सम्झौताहरु गरी देशलाई भडकालो मा धकेल्न हरेक सम्भव प्रयाशहरु गर्दै गए र उग्रबामपन्थको लाइनमा पार्टीलाई हाँक्दै गए । पछिल्लो समय केपी ओलीका हरेक कदम उग्रबामपन्थका नमुनाहरु छन् ।यती भन्दै गर्दा माओवादी आन्दोलनले नेपालको कायापलट गर्यो भनी मैले भन्न खोजेको होइन ।

यद्धपी व्यवस्था परिवर्तको लाईनमा सन् १९९६ मा सुरु भएको माओवादी बिद्रोहले वर्षै देखिको राजतन्त्रलाई मात्र फालेन्न अपितु देशभित्र उत्पीडनमा पारिएका हरेक वर्गका जनताका हितमा हुने संघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्था संबिधान सभाबाट पारित गरायो ।

संघीयताको सपनाकार माओवादी आन्दोलनको यात्रामा पनि धेरै उतार चढाव नआएको होइन । तर प्रगितिशिल माओवादीले नेपाली जनताभित्र कम्यिुनीस्ट प्रतिको चाहना र भरोसालाई मध्यनजर गर्दै प्रगतिशिलताको बाटो कहिल्यै छाडेन् ।

माओवादी जहिले पनि सम्पूर्ण बामपंथी एक हुनुपर्छ भनी लागीरहे । अहिले पनि माओवादीले अग्रगमन नै रोजेको छ । माओवादी आन्दोलनका जननायक प्रचण्ड अहिले पनि देशमा प्रगतिशिल बामपंथीहरु एकढिक्का हुनुपर्छ भन्ने दिशामै आफ्नो उर्जा लगाई रह्नु भएको छ । बिभिन्न कारणवस माओवादी बाट अगलथलग हुनुभएका आफ्ना सार्थीहरु


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button