Quick Fix ले ल्यायो बजारमा नयाँ प्राविधि आयाम


काठमाडौं । Quick Fix – professionals कम्पनिले आधुनिक तरिकाबाट प्रविधिक सेवा दिन सुरू गरेको छ।

सन् २०१६ मा विरगञ्जबाट सेवा सुरु गरेको कम्पनिले हाल काठमाडौं उपत्यका भित्र सेवा विस्तार गरेको छ।

यस कम्पनिले घर तथा अफिसलाई प्राविधिक समस्या परेको बेला एक फोन कलमै गुणस्तरीय सेवा दिंदै आएको छ।

“हामीले यो प्रणाली खोल्ने समयसम्म र हालसम्म पनि बजारमा पुरानै तरिका पारम्परिक तरिकाले ग्राहकले प्राविधिक खोज्ने तथा काम गराउने गरेका छन् । तर हामीले यस क्षेत्रमा पनि आधुनिकरण गर्ने प्रयास गर्दैछौं।

एउटा विश्वासिलो र गुणस्तरिय सेवा दिने संस्था निर्माण गर्दै छौं र ग्राहक वर्गको विश्वास पनि बढ्दै गएको तथा हामीसंग धेरै सेवाग्राही जुडि राखेका छन् र जुड्दै जानेछन् । किनकी प्राविधिक खोज्ने र सहि दक्ष प्राविधिक पाउन गाह्रो पनि छ र पाए समयमा काम गरिदिने एवं गुणस्तरीय सेवा दिने ग्यारेण्टी दिंदैनन् तसर्थ हामीले ग्राहकका यी समस्याहरूको समाधान दिंदैछौं।

कम्पनिका अपरेसन म्यानेजर आर्यन रावले यस कम्पनिले इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, कार्पेन्टर, इलेक्ट्रीनिक टेक्निसियन, आइ.टि. टेक्निसियन, फेब्रिकेसन लगायतका काममा सेवा प्रदान गर्ने गरेको बताए ।

तपाईंको घर वा अन्य कुनै स्थानमा समस्या आए, मर्मत सुधार गर्नु परे वा नयाँ जडान् गराउनु पर्यो भने यस कम्पनिले तपाईले चाहेकै समयमा प्रविधिक पठाई तपाईंको आवश्यक काम सम्पन्न गराउंछ ।

सन् २०१६ मा नयाँ सोचका साथ खोलिएको यस कम्पनिले आर्थिक अभावका कारण पुर्णरूप लिन सकेको थिएन् । नयाँ प्रणालीलाई ग्राहक माझ बुझाउन, यसको मोडल तयार गर्न, दक्ष प्राविधिको नेट्वर्क बनाउन तथा गुणस्तरीयता एवम् द्रुत सेवा दिन सक्ने बनाउन एवम् यसलाई द्रुत गतिमा सञ्चालनमा ल्याउनका लागि समय लागेको र अब कम्पनि पूर्ण रूपमा तयार रहेको र नयाँ प्रणालीको सेवालाई मोबाइल एपमार्फत पनि उपलब्ध गराउने कम्पनिका आईटी अफिसर अमन कर्णले बताए।

मोबाइल एप एकदम सजिलो, केहि किलिकमै सेवा प्राप्त हुने, एवम् प्रविधिकको विवरण प्राप्त हुने र ग्राहकले हामीसंग गराएका सबै कामहरूको अभिलेख पनि रह्ने भएकाले ग्राहकलाई आफ्नो घर वा कुनै स्थानमा कुन र के प्रविधिक समय कहिले समाधान गरेको विवरण चाहेको बेला पाउन सक्ने एवम् यस एपबाट सेवा शुल्क, आफुले चाहेको समय र मिति तय गर्न सक्ने, साथै ग्राहकले एप प्रयोगबाट प्रविधिकको खोजी गरे तुरून्तै उपलब्ध हुने भएकाले अब प्राविधिक सेवा क्षेत्रमा नयाँ युगको सुरूवात भएको भन्न सकिन्छ र यस प्रविधिलाई अझै गुणस्तरिय, सरल र बिभिन्न शहर ठाउँसम्म पुग्ने, सबै प्रकारका ग्राहकलाई बुझ्न र चलाउन सजिलो हुने प्रणाली बनाउदै छौं।

हामी कम्पनिको प्रविधि क्षेत्र अन्तर्राष्ट्रिय स्तरको बनाउदैछौं र यसमा एआईको भुमिकामा पनि काम गर्दैछौं। तिहारसम्ममा हामीले बजारमा एउटा नयाँ मोडेलको मोबाइल एप दिदैछौं भनि एप डेभ्लप्मेन्ट तथा प्रविधि विकास र रिसर्च मेनेजर खुश्बु गुप्ताले बताइन् ।

“ आज पनि मार्केटमा पुरानै प्रणाली, अन–ओर्गनाइज प्रोफेस्नलस तरिकाले प्राविधिक सेवा – मर्मत, सुधार एवम् जडान् कार्य हुन्छ, काम गर्न बोलाइन्छ, कुनै बेला राम्रो काम गर्दिन्छ कुनै बेला विचमै काम छोडेर हिड्छन् र कुनै बेला काम नै बिगाडिन्छन्। ग्राहकहरूले हामीसंग धेरै यस्ता गुनासोहरू गरे र शुल्क पनि नियन्त्रित छैन्, कसैले त्यहि काम कभ शुल्क लिन्छन् भने कोहि चर्को शुल्क भन्छन्, ग्राहकलाई को प्रविधिक दक्ष छन् भन्ने पत्ता लाउनै गाह्रो हुन्छ। सहि भनेको प्रविधि गलत हुन् पुग्छ, सहि काम गर्ने महंगो हुन्छ तर थाह पाउने कसरी र कसले कामको निगरानी गर्दिने, काम ग्यारेन्टी गर्दिने, काम पछि मेन्टेनेन्स सेवा कसले गर्दिने, आज जुन प्रविधिकले काम गर्यो त्यो भोलि भेटिन्छ भेटिन्न थाह हुन्न, त्यहि भएर हामीले एउटा नयाँ सोच सहित कम्पनि बनायौं जसले ग्राहकको भरोसा बिश्वासका लागि काम गर्छ। कम्पनिले जिम्मेवारी पुर्वक काम गराउछ, प्रविधि आउलान् जालान् तर कम्पनि संधै ग्राहकसंगै रह्ने भएकाले हाम्रो बजारमा हामीमाथि विश्वास बढ्दै छ।

हामी गुणस्तरीय प्रविधि नेटवर्क बनाउदै छौं जसले ग्राहकलाई सेवा र प्रविधिकहरूलाई काम दिदैंछ र हाम्रो कम्पनिको मुख्य उदेश्य भनेको गुणस्तरिय सेवा प्रदान गर्ने र शुल्कमा एकरूपता प्रदान गर्ने। कुन कामका लागि कस्तो प्रविधि चाहिने हो ग्राहकलाई सहजता प्रदान गर्ने हाम्रो कर्तव्य रहेकाले हामी बजारमा विश्वास बनाउदै छौं र ग्राहको भरोसा अनुसार काम गर्दैछौं सेवा दिदै छौं। हामी यो प्राविधि प्रणाली समय र ग्राहकका माँग अनुसार झन प्रभावकारी र अझै थुप्रै प्राविधिक क्षेत्र जोड्दै अरू पेशाकर्मी सेवा क्षेत्र बढाउदै जाने छौं। फोनबाट पनि सेवा लिन सकिन्छ र मोबाइल एपलाई पनि प्रयोग गर्न ग्राहक बर्गमा यसबारे जानकारी दिदैं प्रणाली उत्कृष्ट बनाउने छौं।

काठमाडौं उपत्यका र विरगञ्जमा सेवा दिदैछौं र यस सेवालाई देशको प्रमुख शहर हुदैं ग्रामिण तह सम्म पुर्याउने हाम्रो लक्ष्य रहेको छ। सम्भवतः अन्तर्राष्ट्रिय स्तर सम्म जाने सोच बनाएकाछौं। ग्राहकबाट पनि सुझाव संकलन गर्दैछौं। हामी चाँडै यसलाई प्रतेक घर, अफिस सम्म पुराऔने छौं। हामीले पहिले दक्ष प्रविधि नेटवर्क, र अपरेसन द्रुस्त बनाउदै अघि बढ्ने छौँ। यस कम्पनिलाई यो आर्थिक बर्ष भित्र नेपालको धेरै शहर सम्म र त्यस शहकको प्रतेक घर सम्म पुराउने कम्पनिका संस्थापक तथा सिइओ मनिष यादवले बताए ।

यस कम्पनिले हाल सम्म देशको दुई शहरका काम गर्दै गरेको छ। ग्राहकहरूको पनि उत्कृष्ट सेवा रहेको फिडब्यकहरू आएको छ। क्विक फिक्स प्रा.लि ले इनोभेटिभ प्राविधि क्षेत्रको विकास र रोजगारको श्रृजना गर्दै गरेको र यसले देशमा रोजगारको वातावरण बन्ने देखिन्छ। यस कम्पनिको वेबसाइटमा यसबारे जानकारी लिन सकिन्छ। (www.quickfix.com.np) रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button