मूल्यवृद्धि फिर्ता नलिए सरकारविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने नेविसंघको चेतावनी (विज्ञप्तीसहित)
काठमाडौं, २५ कार्तिक । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । मूल्यवृद्धि फिर्ता नलिए तत्काल आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने पनि नेविसंघको चेतावनी छ
आज (बिहीबार) संघका अध्यक्ष राजिव ढुंगानाले एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्दै, त्यही विभिन्न नाममा संचित गरिएका मूल्य स्थिरिकरणको कोष लगायतका विभिन्न कोषहरुको सदुपयोग गर्दै जनतालाई राहत दिने कुरामा कडाईका साथ लाग्न राज्यका सबै निकायलाई जोडदार माग गर्दछौं ।