रामदेव बाबाको योगा शिविरमा पर्यटनमन्त्री आलेसहित १ हजार बढिलाई गुर्जोको चिया सेवा
काठमाडौं, ५ मंसिर । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा आज (आइतबार) सञ्चालित एकदिने योग शिविरमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरेका छन् ।
राजलवटका अनुसार शिविरमा सहभागी एक हजारभन्दा बढिलाई चिया सेवन गराईएको थियो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको उक्त योग शिविरमा मन्त्री प्रेम आलेसहित भारतीय योगगुरु रामदेब, आचार्य बालकृष्ण र गैरआवासीय नेपाल संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतको उपस्थिति थियो।
उक्त कार्यक्रममा सहभागी मन्त्री आलेलाई गुर्जोको सेवन गराईएको थियो । गुर्जो चिया सेवा र सहभागीहरुको यसप्रति अभिरुचि देखेर स्वामी रामदेव र आचार्य बालकृष्ण दुवै जनाले प्रशंसा गरेका थिए ।
योग शिविरपछि बाबा रामदेवलाई संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आलेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने मन्त्री आलेले रामदेवले मायाको चिनो दिएका थिए।
नेपालीहरूको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिइएको मन्त्रालयले जनाएको छ। योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए।