हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी


काठमाडौं- २०७४ सालमा नेकपा एमालेको सूर्य चिन्हबाट प्रतिनिधिसभा सदस्यमा विजयी हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने हुनुभएको छ ।

त्रिपाठीले मंसिर २८ मा एभरेस्ट होटल, बानेश्वरमा नयाँ राजनीतिक दलको घोषणा गर्न लाग्नुभएको हो ।

नयाँ पार्टीको नाम जनता प्रगतिशील पार्टी (जप्रपा) राख्ने तय भएको छ ।त्रिपाठीले पार्टीको नेतृत्वबारे केही खुलाउनुभएन ।

एमालेको सूर्य चिन्हबाट विजयी भए पनि ‘स्वतन्त्र राजनीतिक समूह’ बाट गतिविधि गर्दै आउनुभएका त्रिपाठीले चार वर्षपछि नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी गर्नुभएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button