मैले जितेँ भने स्थानीय तहदेखि राष्ट्रिय सरकार कांग्रेसको बनाउँछुः प्रधानमन्त्री
![](https://natrajtimes.com/wp-content/uploads/2021/12/pm-sher-780x470.jpg)
काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पुनः निर्वाचित भए स्थानीय तहदेखि राष्ट्रिय सरकार कांग्रेसको बनाउने घोषणा गर्नुभएको छ ।
१४ औं महाधिवेशनलाई काठमाडौंमा शुक्रबार सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको सरकार रहँदामात्रै स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन जित्न सकिनेसमेत बताउनुभयो ।
कांग्रेसको सरकार रह्यो भने स्थानीय तहदेखि राष्ट्रिय सरकार हुनेछ । त्यसका लागि एकपटक मलाई जिताइदिनुहोस्,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘अब डर त्रासबाट मुक्त शासन ल्याइन्छ ।
मैले जितेँ भने कांग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु ।’वडादेखि महाधिवेशन प्रतिनिधिसम्मका चुनावमा भएका प्रतिस्पर्धालाई बिर्संदै एकजुट भएर आगामी निर्वाचनमा लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
आफू प्रधानमन्त्री हुनुभन्दा अगाडि डर त्रासको राजनीति व्याप्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले डर त्रासमुक्त समाज कायमै राख्न र पुनः तानााशाही प्रवृत्ति नआओस् भन्नेतर्फ सजग रहन पनि अपिल गर्नुभयो ।सभापति देउवाले सम्बोधन गरेलगत्तै उदघाटन सत्र सकिएको छ
बन्द सत्र आजैदेखि सुरु हुनेछ भने महाधिवेशन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न हुनेछ