सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती बगलामुखी माईको पूजा


काठमाडौं,सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बगलामुखी माईको पञ्चवली एवं मंसिर पूजा सम्पन्न भएको छ

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंसीर २५ गते विहान पूजाको शुभ–साईतमा ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको मन्दिरमा पूजा गर्नुभएको हो ।

बिहान ०४ बजेर ३० मिनेटको पुजाको संकल्प साइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको थियो ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button