काँग्रेस महाधिवेशनः ९ बजेसम्म मतदानको समय


काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा मतदानको समयावधि थपिएको छ । साँझ ९ बजेसम्मका लागि मतदानको समय थपिएको हो ।

यसअघि विहान ८ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकोमा ३ घन्टा ढिलो गरी मतदान सुरु भएको थियो ।

अब ९ बजेसम्म मतदाता लाइनमा बसिक्नुपर्नेछ ।काँग्रेसमा आधा जति मात्र मतदान भएकाले मध्यरातसम्म लम्बिने सम्भावना देखिएको छ ।

मतदान सकिएलगत्तै सभापतिको मतगणना हुनेछ । कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसके पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणको मतदान हुनेछ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button