माओवादी केन्द्रको आठौँ महाधिवेशनः बन्दसत्र आजबाट

नटराज टाइम्स। नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ ।
आइतबार काठमाडौंमा उद्घाटन भएको महाधिवेशन आज बिहान ११ बजेका लागि तय भएको छ ।
अर्थमन्त्री समेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ।
बन्दसत्रमा एक हजार ६३१ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।