बन्दसत्रमा विधान मस्यौदा प्रस्तुत् : २९९ सदस्यीय, ६ उपाध्यक्ष र महासचिवमा दुईजना प्रस्ताव
नटराज टाइम्स ।
नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यादा प्रस्तुत् गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ ।पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी गराएका छ ।
केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ ।आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।