नोबेल मडिकल कलेजमा तालाबन्दी


मोरङ- चिकित्सा शिक्षा आयोगको निर्देशन विपरित अतिरिक्त शुल्क माग्दै आएको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विभिन्न विद्यार्थी संघ संगठनहरुले तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरुले कलेजको प्रशासनमा तालाबन्दी गरेका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क बुझाएका विद्यार्थीहरुलाई पठनपाठन गराउन भन्दै २४ घण्टे अल्टिमेटम दिएका थिए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले नोबेल मेडिकल कलेजलाई पहिलो किस्ता बुझाएका सबै विद्यार्थीहरुलाई पठनपाठन गराउन पुनः निर्देशन दिएको छ ।

अतिरिक्त शुल्क बुझाउने विद्यार्थीहरुलाई पढाउने र पहिलो किस्ता वापतको १४ लाख ७८ हजार बुझाउने विद्यार्थीलाई नपढाउने गरेको गुनासो आएकाले छलफलका लागि बोलाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।-


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button