नेपाल टेलिभिजनको ३७ औं वार्षिकोत्सव मनाइयो


काठमाडौं १७ माघ २०७८

सार्वजनिकरुपमा मनाइँदै वार्षिकोत्सव कार्यक्रम यसपटक कोभिड महामारीका कारण स्टुडियोबाटै संक्षिप्तरुपमा मनाइएको छ । नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै वार्षिकोत्सव मनाइएको नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको लिखित शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार सचिव बैकुण्ठ अर्याल, नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।

समारोहमा महाप्रबन्धक वलले टेलिभिजनका उत्कृष्ट संवाददाताहरुको नाम, छात्रवृत्ति पाउने कर्मचारीका छोरा छोरीहरुको नाम घोषणा गर्नुकासाथै टेलिभिजनमा ३० वर्ष र २० वर्षसम्म अविच्छिन्नरुपमा सेवा गर्ने कर्मचारीलाई सम्मानित गर्ने घोषणा गरिएको थियो । यसैगरी नेपाल टेलिभिजनलाई सबैभन्दा धेरै विज्ञापन उपलब्ध गराउने विज्ञापन एजेन्सी र सरकारी संस्थाहरुलाई समेत पुरस्कृत गर्ने घोषणा महाप्रबन्धक फूलमान वल तामाङले गर्नुभएको थियो ।

पहिलो टेलिभिजन च्यानलका रुपमा २०४१ सालदेखि प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनले अहिले काठमाडौं उपत्यका भित्र ३ वटा र काठमाडौं उपत्यका बाहिर २ वटा च्यानल सञ्चालन गरिरहेको छ 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button