सहिदनगर नगरपालिका माओवादी केन्द्र मा प्रवेश को लहर ।


नट्राज टाईम्स जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरको विभिन्न स्थानबाट विभिन्न पार्टीका नेता कार्यकर्तालाई माओवादीमा भित्र्याउन थालेका छन् ।

सोही क्रममा विहिबार शहिदनगर नगरपालिकाको वडा नम्बर ३ चाँदनीचोकस्थितबाट समेत दर्जनौ युवाहरुलाई नेकपा माओवादी केन्द्रमा प्रवेश गराएका छन् ।

चाँदनी चौकमा आयोजित समाजीक भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी विभिन्न पार्टीका दर्जनौ नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएको हो ।

कार्यक्रमको क्रममा विभिन्न पार्टी परित्याग गरि ५० जना नेता ,कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टी माओवादीमा प्रवेश गराएका हुन् ।

महबुम मंसुरीको अध्यक्षता तथा मेयर बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नगर सचिव राम कुमार यादवको विशेष पहलमा ५० जना भन्दा अधिक नेता कार्यकर्ताहरु माओवादी रोजे ।

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य एवम् केन्द्रीय स्थानीय तह विभागका सदस्य समेत रहेका मेयर बरबरियाले आफू जनप्रतिनीधि भएपछि आम जनताको लागि जागरण झैँ गरेको सुनाए ।

उनले पार्टीमा लागेका वा नलागेका सबै जना आफ्नो जनता जनार्दन रहेको जनाउँदै २४ सै घण्टा सेवाको लागि तत्तपर रहँदै आएको बताए ।

कार्यक्रममा अतिथि सुर्यदेव यादव, नगर उपाध्यक्ष हेम शंकर भण्डारी, वाईसियलका नगर अध्यक्ष मनोज कुमार मण्डल, नगर सचिब रामकुमार यादव, युवा नेता रुपेश बिराजी लगायत कार्यकर्ताहरुको मोटो सहभागीता रहेको थियो । कार्यक्रम संचालन सद्रे आलमले गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button