नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ(सूचीसहित)


राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै नियुक्त भएका नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीलाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको सहभागी रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको ८९औँ दिनमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्री रहेका छन् ।

कांग्रेस:-

गृह मन्त्रालय– बालकृष्ण खाँण

परराष्ट्र मन्त्रालय –नारायण खड्का

सञ्चार सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की

रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल

खानेपानी मन्त्रालय – उमाकान्त चौधरी

माओवादी केन्द्र:-

अर्थ मन्त्रालय – जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल

ऊर्जा मन्त्रालय – पम्फा भुसाल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ

युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

एकिकृत समाजवादी:-

संस्कृति पर्यटन तथा नागरिक उड्डयन–प्रेम आले

श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)

सहरी विकास मन्त्रालय– रामकुमारी झाँक्री

स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

जसपा:-

भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ

वन तथा वातावरण– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास– प्रमोद साह


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button