दिल्लीमा प्रधानमन्त्री देउवालाई यस्तो सम्मान 


काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले नयाँ दिल्लीमा छन् । दिल्ली ओर्लिएलगत्तै प्रधानमन्त्री देउवा राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । उनले सुरुमा विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनी भाजपाको मुख्यालय पुगेका थिए । त्यहाँ उनलाई भाजपाका अध्यक्ष जेपी नड्डाले भव्य स्वागत गरेका थिए ।

चारजना मन्त्रीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडानबाट प्रधानमन्त्री देउवा दिल्ली पुगेका हुन् । प्रधानमन्त्रीलाई भारत सरकारका तर्फबाट रक्षा राज्यमन्त्री अजय भट्टले एयरपोर्टमा स्वागत गरेका थिए । विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा शंकर शर्मा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि स्वागतका लागि पुगेका थिए । नयाँ दिल्लीका सडकपेटीमा भने प्रधानमन्त्री देउवाको तस्विरसहित स्वागतद्धार बनाईएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर राखेर स्वागतद्धार बनाईएको पाईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button