वालवालिकालाई स्कुल पठाउन आटे अभियन्ताहरु


नटराज समाचारदाता असार ७ गते

नेपालको संविधान २०७२ धारा ३१ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत शिक्षा अनिवार्य, र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक रहेको छ भने धारा ३९ अनाथ, असहाय, आपांगता भएका, द्वन्द्वपीडित, विस्थापित, एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधाको हक मार्फतले सुनिश्चित गरेको छ ।

शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानवअधिकार एवम् संविधानप्रदत्त मौलिक हक हो । प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार छ भने शिक्षा प्राप्त गर्न कसैलाई कुनै पनि आधारमा भेदभाव गरिने छैन भनी नेपालको संविधानले सुनिश्चित गरेको छ ।

यसर्थ, नेपालमा आधारभूत शिक्षा निःशुल्क एवं अनिवार्य छ ।सामाजिक रूपान्तरणको माध्यमबाट देश विकासका लागि शिक्षा अपरिहार्य सर्त हो ।

हरेक बालबालिका शिक्षित नहुँदासम्म समाजमा सकारात्मक परिवर्तन सम्भव छैन ।

हालसम्म शिक्षा विकासका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएका प्रयत्न र लगानी अपर्याप्त छ

जसले गर्दा हालसम्म पनि देशका सबै बालबालिकाको गुणस्तरीय शिक्षामा समतामूलक पहँुच हुन नसकेको छर्लङ्ग छ ।

यसकारणले बालबालिकाको गुणस्तरीय शिक्षामा समतामूलक पहूँच र अर्थपूर्ण सहभागिताका लागि “सबै बालबालिका पूर्ण समय औपचारिक दिवा विद्यालयमा हुनुपर्दछ” भन्ने अभियानको सुरुवात भएको आसमान नेपालद्वारा भएको कार्यक्रमका प्रादेशिक संयोजक रक्कीप्रसाद साह बताउनुहुन्छ ।

दिगो विकास लक्ष्य २०३० (लक्ष्य ४) ले हरेक बालबालिकाले बिना भेदभाव गुणस्तरीय शिक्षा पाउनु पर्दछ भन्ने परिकल्पना गरेको छ ।

जाति, लिंग, धर्म, संस्कृति वा शारीरिक अवस्थाका आधारमा कुनै प्रकारका भेदभाव नहुने, उच्च सम्मानका साथ सबैलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन र सान्दर्भिक सिकाइ उपलब्धि प्राप्त गराउन सहजीकरण आसमान नेपालले गर्दैआएको छ ।

भने संविधानप्रदत्त अधिकार प्राप्तिका लागि यस अभियानले बहस र पैरवी पनि गर्नेछ ।

यसका साथै यस अभियानबाट बालबालिकामाथि हुने सबै प्रकारका विभेद, हिंसा, शोषण र तिरस्कारको अन्त्य गरी बालअधिकारको संरक्षण तथा प्रवद्र्धन गर्दै बालबालिका तथा शिक्षा क्षेत्रमा लगानी बढाउनका लागि जनमत तयार गर्ने मुख्य उद्देश्य रहेको अभियानकर्ता कौशल्या सिंहले जानकारी दिनुभयो ।

बालबालिकाहरू भविष्यका कर्णधारमात्र नभई वर्तमानका साझेदार एवं परिवर्तनका वाहक हुन् ।

बाललालिकामा गरिने वर्तमानका लगानीले भविष्यको पुस्ता उज्ज्वल बनाउँछ ।

विद्यालय, समुदाय र बालबालिकाको विकासका लागि औपचारिक विद्यालयको सोंचलाई सार्थक बनाउन र निर्वाध रूपमा बालबालिकाले आफूले चाहेका कुरा सिक्न पाउने सिकाइको उत्तम थलोका रूपमा विद्यालयलाई विकास गर्न सबै पक्षबाट सहयोग गरिनुपर्छ र त्यसका लागि आफूहरू तत्पर रहेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो ।

बालबालिकाको गुणस्तरीय शिक्षाको अधिकार प्राप्तिका लागि पूर्ण समय शिक्षण सिकाइ गरिने औपचारिक विद्यालयबाट मात्र सम्भव छ ।

त्यसैले विद्यालयप्रति समुदायको अपनत्व, सरकारको लगानीमा वृद्धि, गुणस्तरीय शिक्षाका लागि बालबालिका र शैक्षिक संस्थाको सन्तुलित सहभागिता र प्रभावकारी शिक्षा प्रणाली हुनुपर्ने त्रिचन्द्र बहुमुखी क्याम्पसका स हायक प्राध्यापक पवनकुमार मिश्रको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button