चुनावपछि ओली प्रधानमन्त्री : ढकाल


धनगढी– नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले अगामी निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।

आइतबार नेकपा एमाले तथा नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा संयुक्त आयोजना गरेको उम्मेदवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यकममा ढकालले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै मुलुकले परमादेश गलत भएको प्रमाणित गर्ने जिकिर गर्नुभयो । उहाँले देशैभर ओलीको प्रभाव रहेको उल्लेखसमेत गर्नुभयो ।

ढकालले मुलुक विकासको योजना र खाका एमालेसँग रहेकाले आफ्नो दलले चुनावी तालमेल गरेको बताउनुभयो ।

परिवार दलले २०७४ साल र गत वैशाखमा भएको निर्वाचनमा पनि एमालेलाई साथ दिएको थियो ।

दलका अध्यक्ष ढकाल एमालेको समानुपातिक सूचीमा हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button