रोहिणी गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न


राप्रपाका केन्द्रीय सहायक महामन्त्री ताहिर अलीले जनताको प्रतिनिधि भइसकेपछि एउटा पार्टी मात्र नभइ सबैको हुनुपर्ने बताए ।

उनले जनप्रतिनिधिले जनताको सुखदुःखमा समर्पित भएर काम गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सचिव बैजनाथ सहानीले कृषिमा उपलब्धी देखिने खालको नीति बनाउनुपर्ने बताए । उनले रोहिणीको उत्पादन अन्य क्षेत्रमा समेत पठाउन सक्ने गरी कार्यको थालनी गर्नुपर्ने बताए ।

यसैबीच रोहिणी गाउँपालिकाले १२ औं गाउँसभामा गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादवलाई सम्मान गरेको छ । गाउँपालिका भवन निर्माणका लागि जग्गा प्राप्तीमा सहयोग गरेको भन्दै यादवलाई सम्मान गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button