संविधान सभाका अध्यक्ष सुवास नेम्वाङगको असमायिक मृत्यू


जनकपुरधाम । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले सँचारमाध्यमहरुलाई जानकारी दिएका हुन्

उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।

एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए ।

उनी हाल इलाम(२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । एमाले उपमहासचिव विष्णु रिमालका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुर्‍याइनेछ ।

१२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ ।नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button