काठमाडौं उपत्यकामा भूकम्प: सिन्धुपाल्चोक केन्द्रविन्दु, ४.८ म्याग्निच्यूड


काठमाडौं उपत्यकामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटारलाई केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो। हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।

पछिल्लो समय सुदूरपश्चिम क्षेत्रलगायत देशका विभिन्न भागमा निरन्तर भूकम्पका घटना भइरहेकोले भूगर्भीय अस्थिरता र जनताको चिन्तालाई बढाएको छ। भूकम्पको थप अध्ययन र विवरण संकलन गर्ने कार्य जारी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button