काठमाडौंमा क्रिसमसको खुशियाली


 इसाइ धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको अघिल्लो दिन बिहीबार काठमाडौंमा यसको उल्लास देखिएको छ ।

धेरै सपिङ मल र मुख्य बजार क्षेत्रमा सजावट गर्ने, झिलिमिली उज्यालो बनाउने र क्रिसमस ट्रिहरु सजाइएको छ । क्रिसमसअघिको साँझलाई क्रिसमस इभको रुपमा युवाहरुले खुशियाली मनाउने अवसरको रुपमा लिने गर्छन् । त्यसैले सपिङ मल, रेष्टुरेन्टहरुमा विशेष सजावट छ र त्यहाँ ग्राहकको संख्या पनि बढेको छ ।

क्रिसमस विश्वभरका इसाई धर्मावलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाइने पर्व हो । नेपालमा यो दिन सरकारले इसाइ धर्मावलम्बीलाई सार्वजनिक विदा दिएको छ ।

हेर्नुहोस् तस्वीरहरु


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button