नेकपाले विभिन्न दलसँग संयुक्त संघर्षमा जानेबारे छलफल भइरहेको छ।
१५ पुस, काठमाडौं ।नेकपा पार्टी कार्यालय पेरिसडाँडाँमा बुधबार बसेको स्थायी कमिटिको अनौपचारिक बैठकले संयुक्त संघर्षका लागि अन्य दलहरुसँग छलफल गर्ने निश्कर्ष निकालेको हो।
‘विभिन्न दलसँग संयुक्त संघर्षमा जानेबारे छलफल भइरहेको छ। प्रमुख राजनीतिक दलहरू जो संसदभित्र छन् उनीहरुसँग मिलेर संयुक्त संघर्षमा जाने कि, भनेर छलफल भइरहेको छ, तर छलफल टुंगीएको छैन,’ स्थायी कमिटी सदस्य रघुजी पन्तले भने, ‘छलफल टुंगिन बाँकी भएकोले आन्दोलनका कार्यक्रम नआएका हुन्।
यदि त्यो छलफल सकारात्मक ढंगले बढ्यो भने संयुक्त संघर्षका कार्यक्रम आउँछन्, भएन भने हाम्रो छुट्टै कार्यक्रम छिटो भन्दा छिटो आउँछ।’
मंगलबार देशभरी भएका विरोध कार्यक्रम उत्साहजनक भएको ठहर बैठकले गरेको पन्तले जानकारी दिए।