त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना ५० थान पेस्तोलसहित पक्राउ परेका छन् ।
झापाको भद्रपुर जान लागेका झापा मेचीनगर–२ का बद्रीहाङ राई ५० थान गोलीसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लागेका राई ९ एमएमको पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेका हुन् ।
विमानस्थल सुरक्षाकामा खटिएका सुरक्षाकर्मीको चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन् ।