उपत्यकामा थप २३२ संक्रमित भेटिए
२१ पुस, काठमाडौं । पछिल्लो २४ घन्टामा उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो जारी गरेको सूचना अनुसार उपत्यकामा संक्रमित हुनेमा ९३ जना महिला र अन्य पुरुष छन् ।
देशभर ४ हजार ५५१ पिसीआर परीक्षण गरिएकोमा कुल ५ सय २२ जना नयाँ संक्रमित भेटिएका छन् । यो अवधिमा ५७८ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।