रियल टाइम सेटलमेन्ट प्रणाली राष्ट्र बैंकले लिने

काठमाडौं- युकेएआइडी सक्षमले राष्ट्र बैंकमा सञ्चालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस सिस्टम) तथा मोडुलर डाटा सेन्टरलाई औपचारिक रुपमा हस्तान्तण गरेको छ।
भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले आरटिजिएस सिस्टममार्फत् हाल मासिक औसत १३ खर्ब बराबरको कारोबार रहेको छ। यसमा ३७ वटा बैंक तथा वित्तीय संस्थाको सहमागिता रहेको छ। यो संख्या बढ्दो क्रममा रहेको कँडेलले बताए।
युकेएआडी सक्षमका टिम लिडर निर्मल दाहालले राष्ट्र बैंकका कार्कयारी निर्देशक भुवन कडेललाई उक्त प्रणाली औपचारिक रुपमा हस्तान्तरण गरेका हुन्।