ब्रोडब्यान्ड इन्टरनेटको गुणस्तरमा नेपालको एक स्थान सुधार


काठमाडौं । मोबाइल ब्रोडब्याण्ड गुणस्तरमा नेपालले एक स्थानले सुधार गरेकाे छ । ओकलाको स्पिडटेस्ट ग्लोबल इन्डेक्सले मासिक रुपमा सार्वजनिक गर्दै आइरहेको रिपोर्टअनुसार नेपाल एक स्थान माथि उक्लदै ११५औं स्थानमा रहेकाे छ ।

इन्डेक्स अनुसार नेपालको मोबाइल ब्राोडब्याण्ड इन्टरनेटमा डाउनलोड स्पिड १८.४२ एमबीपीएस, ११.६२ एमबीपीएसको अपलोड स्पिड र ३१ मिली सेकेण्डको ल्याटेन्सी छ । 

सोही रिपोर्ट अनुसार गत डिसेम्बरमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेटको तुलनामा फिक्स्ड ब्रोडब्याण्डको गुणस्तरीयता पनि सुधार देखिएको छ । फिक्स्ड ब्रोडब्याण्डमा पाँच स्थानमाथि उक्लिँदै ११५ औं स्थान हासिल गरेको  छ । 

इन्डेक्स अनुसार नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड २४.०५ एमबीपीएस, औषत अपलोड स्पिड २२.४६ एमबीपीएस र लेटेन्सी १३ मिलिसेकेन्ड देखिएको छ ।

तर इन्डेक्सको अनुसार नेपालको डाउनलोड, अपलोड र ल्याटेन्सी सबै क्षमता मानक औषत स्तरभन्दा कम छ । 

मोबाइल ब्रोडब्याण्डतर्फ शीर्ष ३७ मुलुकले मात्र यो मानक पुरा गरेका छन् । त्यस्तै फिक्स्ड ब्रोडब्याण्डतर्फ पनि शीर्ष ४२ मुलुकहरुले मात्र यो मानक पुरा गरेका छन् । तर दुवै ब्रोडब्याण्डमा नेपालले मानक पुरा गर्न सकेको छैन । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button