आज काठमाडौमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन


काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौमा बृहत जनप्रदर्शनसहित विरोध सभा गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित यो कार्यक्रमलाई सो पार्टीले आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ ।

सभामा दुई लाख मानिस सहभागी हुने नेकपा प्रचण्ड–माधव पक्षको भनाइ छ ।

भृकुटी मण्डमा हुने विरोध सभामा सो पार्टीका शीर्ष नेताले सम्बोधन गर्दैछन् ।

सभाअघि ११ बजे उपत्यकाका विभिन्न ५ स्थानबाट विरोध जुलुस निकालिने छ ।

विरोधसभा अघि पुल्चोक, कुपण्डोल, माइतीघर, जमल, लैनचौरबाट छुट्टाछुट्टै निस्कने जुलुस सुनधारामा मुल जुलुसमा परिणत हुनेछ ।

मूल जुलुस जमल घण्टाघर, पुतलीसडक हुदै भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button