शहिदनगर नगरपालिका को”शैक्षिक भवन ” मेयर बरबरीयाले गरे उदघाटन


नटराज टाईम्स ।आज मिति २०७८।०६।१८ गते सोमवारका दिन शहिदनगर नगरपालिका अन्तर्गत श्री बिष्णु आधारभुत विधालय यदुकूहामा शैक्षिक भवन ( तालिम केन्द्र )उदघाटन कार्यक्रमका

अध्यक्ष श्री नागेन्द्र प्रसाद मंडल ज्यू,प्रमुख अतिथि यस शहिदनगर नगरपालिकाका नगर प्रमुख श्री उदय कुमार बरबरीया यादव ज्यू,वडा अध्यक्ष श्री रामदेव मरिक यादव ज्यू,नगर शिक्षा शाखा प्रमुख श्री धनेश्वर यादव ज्यू,नगर शिक्षा सदस्य द्वय श्री प्रदिप साह,राजकुमार क्रमाचार्य ज्यू ,एअनेशिसंका नगर अध्यक्ष श्रीकृष्ण भिनवार ज्यु जग्गा दाता परिवार श्री सुरेश साह ज्यू,संस्थापक अध्यक्ष श्री रामदयाल दास ज्यू,विधालयका प्रधानाध्यापक श्री धर्मनाथ सर ज्यू,स्वास्थ्य संयोजक श्री कपिलदेव अधिकारी ज्यू,सह संयोजक श्री रामसिकिल यादव ज्यू लगायत यस शहिदनगर नगरपालिकाका भद्र भलादमी तथा बुद्धिजिविहरुको उपस्थितिमा शैक्षिक भवनको उदघाटन गरियो ।

त्यस क्रममा बक्ताहरुले शिक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका ब्यक्तिहरु लाई रमणीय तथा सौहार्दपुर्ण वातावरणमा तालिमले प्रभाबकारी भुमिका खेल्नेछन् भन्ने कुरा व्यक्त गर्नुभयो ।

त्यस अबसरमा प्रमुख अतिथि मेयर बरबरिया यादबले यस शैक्षिक भवनले सिकाइको वातावरण सिर्जना गर्ने भएकोले सबै बिधालयहरुमा क्रमशः यस्ता भवन बनाउदै जाने शिक्षामा सुधार गर्न सबैपक्षको आबश्यता हुनेभएकोले सबै मिली शैक्षिक सुधार गर्दै जाने साथै जहिले पनि सकारात्मक सोचका साथ अगाडि बढ्न अनुरोध गर्दै बिधालय स्थापना गर्न प्रत्यक्ष / अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण लाई भगवान बिष्णुको संज्ञा दिदै उहाँहरु प्रति आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button