विभीन्न कायक्रमको आयोजना गरी गणेशमान चारनाथ नगरपालिकाले मनाए १११औं अन्तर्राष्ट्रिय महिला दिवस


धनुषा– आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस गणेशमान चारनाथ  नगरपालिकाले विभीन्न कायक्रमको आयोजना गरी मनाएको छ।

महिलाको सुरक्षा सम्मान र रोजगार समृद्घ नेपालको आधार मुल नाराको सँग १११ औं श्रमिक महिला दिवसको अवसरमा गण्ेशमान चारनाथ नगरपालिकाले आयोजना गरेको कार्यक्रमको शुभारम्भ कार्यक्रको प्रमुख अतिथी प्रदेश सभा सांसद मन्जु कुमारी यादबले दिप प्रजवलन् गरि गरेका थिए ।

उहाँले यस अवशरमा क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै हरेक महिलाले आपनो अधिकारको लागि अगाडि आउनु र आवाज उठाउनुको अलाबा कुनै बिकल्प नरहेको बतानुभयो । उहाँले आउने दिनमा छोरीलाइ अझैँ सशक्त बनाउन बढि भन्दा बढि शिक्षित बनाउन सभै अभिभाबकलाइ आग्रह समेत गरेका थिए ।

उक्त कार्यक्रममा विशिष्ट अतिथीको आसन्न बाट बोल्दै गण्ेशमान चारनाथ नगरपालिकाका उप–प्रमुख मिना यादबले महिला हिसाँ ,बाल विवाह ,दहेज प्रथा को अन्त र महिलाको सम्मान नहुन्जेल समाज अगाडि बढ्न नस्कने दाबि गर्नुभयो  । उहाँले महिलाको अधिकारको लागी लडदै् आएको र आउने दिनमापनि यसरी ने लडिरहन् बताउनुभयो । यसै कार्यक्रमको बिच नगरपालिका भित्र रहेका  ३७ जना संयमसेवक लाई उप–प्रमुख यादबले साइकल वितरण बितरन् गर्नुभयो । महिला सशक्तिकरणको उद्देश्यले तथा उनिहरुलाई काम गर्न अझ सहजहुने

 उद्देश्यले उप–प्रमुख यादबले साइकल वितरण गरेका हुन ।

कार्यक्रमा जनकपुरका रगँदर्पनका कालाकारहरुले विभिन्न नृत्य र जनचेतनामुलक नाट्क मन्चन गरेका थिए भने कार्यक्रको उदधोष लक्ष्मी काप्ले गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button